माघ १। लुम्बिनी मेडिकलल कलेजको अस्पतालमा एक महिलाले एकैपल्ट ४ सन्तान जन्माएकी छिन् । गुल्मी, रातापोखरी –२ की गीता कुँवरले दुई छोरा र दुई छोरी जन्माएकी हुन् । बिहीवार शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।
सबै शिशुको स्वास्थ्य सामान्य रहेको शल्यक्रियामा संलग्न डाक्टर बबिता थापाले बताएकी छिन् । दुई महिनाअघि नियमित परीक्षणको क्रममा उनको कोखमा ४ बच्चा रहेको थाहा भएको थियो । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा बुद्धिकुमार श्रेष्ठले ४ सन्तान कोखमा रहेको थाहा पाएपछि डाक्टरको निगरानीमा बस्न गीतालाई सुझाएका थिए । सोही अनुसार उनी दुई महिनादेखि अस्पतालको निगरानीमा थिइन् ।
शल्यक्रियामा डा बबितासहित डा श्रेयषी अर्याल, डा दिपक श्रेष्ठ, एनेस्थेसिया विशेषज्ञ डा कल्पना खरबुजा, बालरोग विशेषज्ञ डा किरण पन्थी, डा सेविना बानियाँ लगायत संलग्न थिए । पहिलो छोराको १.५ किलोग्राम, दोस्रो छोराको १.२८, तेस्रो छोरी १.७३ र चौथो छोरीको १.२१ किलोग्राम तौल रहेको चिकित्सकले जनाएका छन् ।
जनक कुँवरले एकसाथ चार स्वस्थ सन्तानको बाबु हुन पाउँदा हर्ष महशुस भएको बताउँदै यसका लागि डाक्टरले गरेको सहयोगका लागि धन्यवाद दिए ।
from SHYANE http://ift.tt/1Zo5e4C
via IFTTT
0 comments:
Post a Comment