Photo of Milford Sound in New Zealand


माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसँगै नेपालले सन् १९९३ पछि पहिलो औपचारिक उपाधि जितेको हो । फाइनलमा नेपालले बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्‍यो। नेपालको जितमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।

खेलको ५औं मिनेटमै गोल गर्दै विमलले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । ८७औं मिनेटमा विशालले गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल थपे । नवयुगले माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा ह्याट्रिक गरेका थिए । कुनैपनि औपचारिक प्रतियोगितामा १७ वर्षपछि फाइनल खेलेको नेपालले उपाधि जितेसँगै नेपाली फुटबलको हैसियत एक कदम माथि उठेको छ ।

नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको थियो । समूह चरणमा नेपालले मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले हराएको थियो ।

आसन्न दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै युवा टोली लिएर बंगलादेश पुगेको नेपालले इतिहास रचेको हो ।


from SHYANE http://ift.tt/1SCoMD9
via IFTTT
22 Jan 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top