Photo of Milford Sound in New Zealand


माघ ५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज(मंगलबार) नेपालले माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ को उप–विजेताका रूपमा नेपालले समूह ‘बी’ को विजेता माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाएको हो ।
नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डायुनाइटेड क्लवसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो । यो जितले नेपालले लगातार १२ खेलमा जित आत्मसात् गर्न नसकेको खाडललाई तोडेको थियो ।
आजको सेमिफाईनल खेलपुर्व नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपालले माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
उनले यसअघिका खेलमा नेपालको फिनिसिङ लाइन मजबुद हुन नसकेको भन्दै माल्दिभ्स विरुद्धको खेलमा टिमले कुनै गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाए ।
आजको खेल विजेताले उपाधिका लागि बहराइनको २३ वर्ष मुनीको टिमसंग खेल्नेछ । बहराइनले हिजो भएको पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले स्तब्ध पार्दै फाइनलमा ठाउँ पक्का गरेको हो ।


from ARENA http://ift.tt/1PCK2ma
via IFTTT
19 Jan 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top