माघ १८ । सरस्वती युथ क्लब काठमाडौंलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लव इलामको ठूलो टुँडिखेलमा जारी माइभ्याली गोल्डकपको सेमिफाइनलमा आइतबार प्रवेश गरेको छ ।
एपिएफले ४–० गोल अन्तरले जित हात पारेको हो । एपिएफका लागि श्याम नेपाली, राजेन्द्र रावल, गणेश लावती र सन्तोष श्रेष्ठले एक/एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच एपिएफका श्याम नेपाली घोषित भए । सोमबारको खेल झापा ११ र साहारा फुटबल क्लब पोखराबीच हुनेछ ।
from ARENA http://ift.tt/1Kko5Mb
via IFTTT
0 comments:
Post a Comment