Photo of Milford Sound in New Zealand

माघ १। थप तयारीका लागि १२औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली जुडो टोली बुधबार भारतको भोपाल प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पाले १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीलाई सातदोबाटोमा बिदाइ गरे ।
१४ खेलाडीमध्ये १२ खेलाडी सागका लागि छनोट भएका खेलाडी हुन् । पुरुषको ६० केजीमा इन्द्रबहादुर श्रेष्ठ, ६६ केजीमा रमेश मगर, ७३ केजीमा सञ्जित डंगोल, ८१ केजीमा पवनकुमार श्रेष्ठ, ९० केजीमा सञ्जय महर्जन र सय केजीमुनि शिवबहादुर बराम रहेका छन् ।
महिलाको ४८ केजीमुनि सरिता चौधरी, ५२ केजीमुनि लीला अधिकारी, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान, ६३ केजीमुनि फुपु ल्हामु खत्री, ७० केजीमुनि गंगा चौधरी तथा ७८ केजीमुनि पुनम श्रेष्ठ छन् ।


from SHYANE http://ift.tt/1OuaKNP
via IFTTT
14 Jan 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top