Photo of Milford Sound in New Zealand

पुष २६।  लिओनल मेस्सीको हृयाट्रिकको मदतमा ग्रानाडामाथि सहज जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा नाउक्याम्पमा भएको खेलमा मेस्सीले सुरुवाति दुई गोल १४ मिनेटभित्रै गरेका थिए । हृयाट्रिक गोल भने दोस्रो हाफमा मात्र सम्भव भएको थियो ।
बार्सिलोनाले ८ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । १४ औं मिनेटमा दोस्रो गोल गरे । बार्सिलोनाले पहिलो हाफमा थप गोल गर्ने केही अवसर सदुरुपयोग गर्न सकेन ।
दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले हृयाट्रिक पुरा गरे । फिफा बालोन डि’ओरको घोषणा हुनु अघि मेस्सीले हृयाट्रिक गरेका हुन् ।
खेलको ८३ औं मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना ४-० ले विजयी भएको छ । जितसँगै बार्सिलोना १८ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा उब्लिएको छ
दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ४१ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ४० अंक छ र, उसले एक खेल बढी खेलेको छ ।


from ARENA http://ift.tt/1OUJmOr
via IFTTT
09 Jan 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top