Photo of Milford Sound in New Zealand

नेपाल चलचित्र प्राविधिक संघका निवर्तमान अध्यक्ष मनोज केसीले ‘नेपाली म्युजिक भिडियो अवार्ड–२०१६’ आयोजना गर्नेभएका छन् ।यसअघि प्राविधिक संघमा रहेका उनले नेफ्टा फिल्म अवार्ड गर्दै आएका थिए । नेफ्टा फिल्म अवार्डको जिम्मा प्राविधिक संघका पदाधिकारीलाई

दिएर आफूले नेपाली म्युजिक भिडियो अवार्ड गर्न लागेको केसीले बताए । नेपाली चलचित्रका थुप्रै नायकनायिका म्युजिक भिडियोबाटै आएको जानकारी गराउँदै उनले भने, ‘म्युजिक भिडियोको लामो इतिहास भए पनि नेपालमा यसको छुट्टै अवार्ड हुन सकेको छैन । त्यसैले म्युजिक भिडियोको विकास र विस्तारसँगै यो क्षेत्रमा लागेकाहरूको प्रोत्साहनका लागि म्युजिक भिडियो अवार्ड गर्न लागिएको हो ।
’ भिडियो अवार्ड आगामी चैत अन्त्यसम्म सम्पन्न हुने उनले बताए ।सो अवार्डका सल्लाहकार एवं सिने पत्रकार भरत शाक्यले नेपाल टेलिभिजनको स्थापनासँगै टेलिभिजनको स्टुडियोभित्रै आफ्नो गीतमा सम्बन्धित गायकगायिकालाई ‘लिप सिंक’ गराएर म्युजिक भिडियो निर्माण सुरु भएको बताए । म्युजिक भिडियो अहिले आधुनिक गीतमा आइसकेको उनको कथन थियो । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसीले म्युजिक भिडियोको विकासमा यो एउटा राम्रो अभियान हुनसक्ने बताए । उनलाई व्यक्ति हेरेर भागबन्डा गुर्नभन्दा गुणस्तर हेरेर अवार्ड प्रदान गर्न आयोजक पक्षलाई सुझाव दिए ।


from SHYANE http://ift.tt/1UT16bo
via IFTTT
14 Jan 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top