Photo of Milford Sound in New Zealand

माघ १३ । बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै झापा–११ पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यससँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै चार टोलीको टुंगो लागेको छ ।

यसअभि भएका क्वार्टरफाइनलखेलहरुमा विजयी हुँदै आयोजक सहारा, मनाङ–मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा कर्ण लिम्बुको २ गोलको मद्दतमा झापाले बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ ले पराजित गरेको हो । झापाका लागि गणेश खड्का र नगेन्द्र लिम्बुले थप एक–एक गोल गरे ।

गजिरच्याट स्पोर्टिङ क्लबलाई सीधै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान दिइएकोे थियोे भने झापा–११ ले प्रिक्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

झापाले अब सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।


from ARENA http://ift.tt/1NyRqgK
via IFTTT
26 Jan 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top