Photo of Milford Sound in New Zealand

पुस १५ । पोखरामा सम्पन्न १३औं पोखरा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि श्रीराम मगरले जितेका छन् ।

फाइनलमा कमल भण्डारीलाई १–६, ७–५ र १०–७ को कठिन सेटमा पराजित गर्दै मगरले उपाधि जितेका हुन् । उपाधिसँगै मगरले नगद ५० हजार तथा उप–विजेता भण्डारीले २० हजार हात पारे ।

प्रतियोगितामा ३५ वर्षमाथिडबल्सतर्फको उपाधि आत्माराम कार्की र देवेन गिरीको जोडीले जित्यो ।

त्यस्तै, ४५ वर्षमाथिको एकलतर्फ प्रदीप शाहले राजु श्रेष्ठलाई पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

४५ वर्षमाथिको डबल्सतर्फ अनिल तुलाचन र धरमबहादुर लामिछानेको जोडीले बाजी मार्‍यो । ५० वर्षमाथिको एकल फाइनलमा प्रदीप शाहले पृथ्वी थकालीलाई पराजित गरे ।

त्यस्तै, ५५ वर्षमाथिको एकलतर्फ विदुर विष्टले पेमा टासीलाई पराजित गर्दै उपाधि जिते ।

त्यस्तै, ५५ वर्षमाथिको डबल्समा कुमार मोहनबहादुर शाही र विदुर विष्टले प्रथम स्थान हासिल गरे ।


from ARENA http://ift.tt/1Ra1672
via IFTTT
30 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top