Photo of Milford Sound in New Zealand

पुष ३।  साफ च्याम्पियनसिपको तयारीका क्रममा भएको मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
बुधबार ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग १-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशले १८ औं मिनेटमा रोनीको गोलबाट अग्रता लिएको थियो ।
३० औं मिनेटमा नेपाली कप्तान अनिल गुरुङले गोल गर्ने राम्रो मौका गुमाए । दोस्रो हाफमा अनिलको स्थानमा बिमल घर्ती मगर मैदान प्रवेश गरे ।
५४ औं मिनेटमा बंगलादेशका यासिन खानले गोल गरेका थिए तर, रेफ्रीले अफसाइड दिए । ६१ औं मिनेटमा रोहित चन्दले गोल गर्ने मौका गुमाए भने ७४ औं मिनेटमा उनको प्रहार क्रस बारमा लागेर फर्कियो ।
नेपाली टोलीले केही दिन ढाकामा अभ्यास गर्ने छ र साफका लागि भारत आउनेछ ।


from ARENA http://ift.tt/1PbT79B
via IFTTT
17 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top