Photo of Milford Sound in New Zealand

पुष ८। आगामी माघ ८ गतेदेखि बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राजु रिजालको कप्तानीमा ४ वैकल्पिक गरी १९ सदस्यीय टोलीको घोषणा गरेको हो ।
छानिन सफल खेलाडीमा उपकप्तान आरिफ शेख, सन्दीप सुनार, सुनील धमला, दीपेन्द्र ऐरी, सौरभ खनाल, र पेमतामाङ्ग हुन् । त्यसैगरी सुशील कँडेल, दिपेश श्रेष्ठ, राजवीर सिंह, योगेन्द्र कार्की, सन्दीप लामिछाने, हिमान्सु दत्त, शंकर राना र ईशान पाण्डे अन्तिम १५ भित्र अटाएका छन् ।
वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, इर्साद अहमद, ललितनारायण राजवंशी र नन्दन यादव हुन् ।
तीन साताअघि काठमाडौंमा भएको सुपर लिगबाट छानिएका २२ खेलाडीबाट १९ जना छानिएको हो । अविनाश बोहोरा, सागर भण्डारी र अभिनाश कर्ण भने छनोट हुन असफल भएका छन् ।


from ARENA http://ift.tt/1U3oZfU
via IFTTT
22 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top