Photo of Milford Sound in New Zealand

पुस 4 । विनाशकारी भूकम्पका कारण स्थगित भएको एएफसी यु–१४ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आगामी आइतबार काठमाडौंमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी फाइनल खेल आयोजनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

गत वैशाख १२ गते काठमाडौंको दशरथ रंगशालामा हुनुपर्नेनेपाल र बंगलादेशबीचको फाइनल खेल सोहि दिन गएको भूकम्पका कारण स्थगित भएको थियो ।

गत वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा आयोजना भएको १४ वर्षमुनिको एएफसी च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बंगलादेशसहित भारत, इरान, श्रीलंका, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले सेमिफाइनमा भारतलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने बंगलादेशले इरानलाई २–० ले निराश पार्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

आइतबार लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम केन्द्रको फुटबल मैदानमा आयोजना हुने फाइनल खेल्न बंगलादेशको किशोरी टोली नेपाल आइसकेको छ । 


from ARENA http://ift.tt/1NuuT81
via IFTTT
18 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top