Photo of Milford Sound in New Zealand

मंसिर २५ । युरोपा लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा इंग्लिस क्लब टोटनह्याम हट्सपरले फ्रान्सको मोनाकोलाई ४–१ ले पराजित गरेको छ ।
टोटनह्यामको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एरिक लामेलाले ह्याट्रिक गरे भने टम क्यारोलले एक गोल थपे । जितसँगै टोटनह्यामले समुह ‘जे’मा शीर्ष स्थान सुरक्षित गरेको छ ।
युरोपा लिग अन्तर्गत गएराति भएको अर्को खेलमा लिभरपुललाई भने स्वीट्जरल्याण्डको एफसी सियोनले गोलरहित बराबरीमा रोकेको छ । यो बराबरीसँगै लिभरपुल आफ्नो समुहमा विजेता बन्दै अर्को चरणमा उक्लिएको छ ।
गएरातिका खेलहरुपछि युरोपा लिग फुटबलमा सबै १२ समुहबाट अर्को चरणमा पुग्ने २४ वटा टोलीहरुको टुंगो लागेको छ । यी २४ टोलीसँगै युएफा च्याम्पियन्स लिग फुटबलको समुहमा तेस्रो हुने आठवटा टोलीहरु मिसिएर कुल ३२ टोलीले युरोपा लिग फुटबलमा प्रतिस्पर्धा गर्नेछन् ।


from ARENA http://ift.tt/1Nm9iwn
via IFTTT
11 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top