Photo of Milford Sound in New Zealand

२३ मंसिर। बोरुसिया मोनचाङ्लेबाचलाई पराजित गर्दै म्यानचेष्टर सिटी च्याम्पियन्स लिगमा समूह डीको विजेता बनेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले बोरुसिया मोनचाङ्लेबाचलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।
खेलमा सिटीले १६ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो । तर, तीन मिनेटपछि नै जुनियन कोर्बले बराबरी गोल फर्काए । ४२ औं मिनेटमा क्याटाना डि अरायोले गोल गर्दै बोरुसिया मोनचाङ्लेबाचलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।
तर, दोस्रो हाफमा सिटीले पुनरागमन गर्‍यो । ७९ औं मिनेटमा राहम स्टर्लिङले बराबरी गोल फर्काए भने ५ मिनेटपछि दोस्रो गोल गर्दै सिटीलाई ३-१ को अग्रता दिलाए ।
खेलको ८५ औं मिनेटमा बोनीले गोल गर्दै सिटीलाई जित दिलाए । जितपछि १२ अंकका साथ सिटी समूह विजेता बनेको छ । सेभिल्लासँग १-० ले पराजित भएको युभेन्टस भने ११ अंकका साथ समूह उपविजेता बनेको छ ।


from ARENA http://ift.tt/1U1DTEc
via IFTTT
08 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top