पुष ३। फेरि लोडसेडिङ बढ्ने भएको छ । अब उपभोक्ताले दिनमा १० घण्टासम्म लोडसेडिङ भोग्नुपर्नेछ ।
बिजुलीको उत्पादन कम भएको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दिनमा दुई घण्टासम्म लोडसेडिङ लम्ब्याउने तयारी गरेको हो ।
मागभन्दा उत्पादन निकै कम भएपछि लोडसेडिङ बढाउन लागिएको प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले बताए ।
नदीमा पानीको बहाव घटेर बिजुली उत्पादनमा ह्रास आएपछि अहिले सातामा ५६ घण्टा लोडसेडिङ भइरहेको छ ।
‘बिहान र बेलुकी खाना बनाउने समयमा बढी आपूर्ति गर्ने तरी तालिका बन्नेछ,’ प्राधिकरणका प्रवन्ध निर्देशक काफ्लेले भने, ‘आपूर्ति कम भएपछि लोडसेडिङ बढाउनु हाम्रो बाध्यता हो ।’
नदीहरुमा पानीको सतह घट्दै गएका कारण विद्युतको उत्पादन घट्दो क्रममा छ । सुख्खा मौसमका कारण बिजुली उत्पादन प्रभावित भएपछि घोषित रुपमा लोडसेडिङ बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।
‘सकेसम्म उपभोक्तालाई खाना पकाउने समयमा कम बिजुली कटौती गर्ने प्रयास हुन्छ । तर, बिजुली पर्याप्त नभएकाले उपभोक्ताले पनि सचेत भएर कम खपत हुने गरी विद्युतीय सामग्री चलाउनुपर्छ,’ काफ्लेले भने ।
from SHYANE http://ift.tt/1P9KOJr
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.