Photo of Milford Sound in New Zealand

बेइजिङमा भएको विश्व रोबोट प्रदर्शनीमा एक रोबोट निकै अनौठो थियो। थियो हैन थिइन। केटीको अनुहार र शरिर भएको रोबोट ‘जेमिनोइड एफ’ले सो रोबोट प्रदर्शनीमा सबैको ध्यान खिचेको थियो। यो रोबोटलाई ‘विश्वकै सेक्सी रोबोट’ पनि भनिदैछ।
५ फिट ६ इञ्च अग्लो यो रोबोटले आँखा झिम्क्याउन, आँखाको इसाराको जवाफ अनि बडी ल्याङ्ग्वेज पत्ता लगाउन सक्छ।
मानिस झै लाग्ने यो रोबोटको बाहिरी आवरणमा रबर प्रयोग गरिएको छ। तर यो रोबोट हिड्न भने सक्दैन।
ओसाका युनिभर्सिटीमा हिरोसी इसिगुरुले यो रोबोट बनाएका हुन। भविष्यमा अझै राम्रो मोडलमा रोबोट बनाउने योजनामा छन् उनी। रोबोट बनाउन सहयोग गर्ने अर्का एक प्रोफेसर यो रोबोटमा कृत्रिम बौद्धीकता थप्ने अन्तिम लक्ष्य रहेको बताउँछन्।
यो रोबाट हाँस्न सक्छ, मुख चलाउन र आँखी भौँ चलाउन सक्छ। बोल्न पनि सक्छ। अनि गित बजाएर गितसंगै मुख चलाउन सक्छ लाग्छ गित रोबोटले नै गाउँदैछ। यो जेमिनोइड एफ रोबोटलाई ७२,००० पाउण्ड पर्छ।
रमाइलो कुरा त के छ भने, यो रोबोट फिल्ममा अभिनय गर्ने पहिलो एनड्रोइड बनेको छ। यो रोबोटलाई ‘सायोनारा’ नामको जापानी फिल्ममा ‘लियोना’ को भुमिका गर्दै गरेको देख्न सकिन्छ।
Geminoid F sexy robot in china (5)
मानिसझै रोबोट बनाउन विश्वका विभिन्न वैज्ञानिक लागि परेका छन्। उस्तै देखिने रोबोट बनाउन अहिलेको प्रविधि अनुसार गाह्रो छैन तर मानिसझै व्यवहार गर्ने अझ मानिसले झै सोच्न सक्ने रोबोट बन्न भने अझै वर्षौ लाग्ने देखिन्छ।


from SHYANE http://ift.tt/1NEkPq7
via IFTTT
06 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top