Photo of Milford Sound in New Zealand

मंसिर २६ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज(शनिबार) ६ खेल हुँदै छन् । १६ औं चरणका खेलअन्तर्गत नेपाली समय अनुसार साँझ साढे ६ बजे नर्विच सिटीले घरेलु मैदानमा एभर्टनको सामना गर्दै छ ।
प्रतियोगिता अन्तर्गत राति पौने ९ बजे हुने खेलहरुमा क्रिष्टल प्यालेस र साउथह्याम्पटन तथा म्यानचेष्टर सिटी र स्वान्सीसिटी भिड्दै छन् । यस्तै, सोही समयमा सन्डरल्याण्ड र वार्टफोर्ड आमने सामने हुँदा वेष्टहाम युनाइटेडले स्टोक सिटीको सामना गर्ने छ ।
प्रिमियर लिग फुटबल अन्तर्गत आजै हुने अर्को खेलमा राति सवा ११ बजे एएफसी बोर्नमाउथले घरेलु मैदानमा म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ ।
१५ औं चरणका खेलको समाप्तिसम्म इङ्लिस प्रिमियर लिग फुटबलमा ३२ अंक जोडेको लेष्टर सिटी शीर्ष स्थानमा छ ।
यस्तै, ३० अंक जोडेको आर्सनलले दोस्रो स्थान ओगट्दा समान २९ अंक जोडेका म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।


from ARENA http://ift.tt/1NhpIbD
via IFTTT
12 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top