Photo of Milford Sound in New Zealand

सोसल नेटवर्किंग साइट फेसबुकले लाइभ भिडियो स्ट्रिमिंग फिचर सुरु गरेको छ । सुरुवातमा निश्चित सेलिब्रेटी तथा हाइ प्रोफाइल व्यक्तिहरुले यो केही महिनासम्म यो फिचरको प्रयोग गर्न सक्ने बताइएको छ ।
टि्वटरको पेरिस्कोप तथा मिरक्याट जस्ता लाइभ स्ट्रिमिंग एपहरु निकै चर्चित बन्न थालेपछि फेसबुकले पनि लाइभ स्ट्रिमिंग फिचर सुरु गरेको हो ।
सुरुवातमा फेसबुकको यो सेवा अमेरिकाका केही व्यक्तिहरुमा मात्र सिमित हुनेछ र केवल आइफोनमा मात्रै यो फिचर प्रयोग गर्न सकिनेछ । तर समयक्रममा यो लाइभ भिडियो फिचर फेसबुकका सबै प्रयोगकर्तामा लगिने फेसबुकले जनाएको छ ।
आफ्नो ब्लगपोष्टमा फेसबुकले भनेको छः लाइभले तपाइँलाई आफुले देखेका कुराहरु उहीँ समयमै आफ्नो मान्छेलाई पनि देखाउन सम्भव तुल्याइदिनेछ ।
लाइभ स्ट्रिम गरिएको भिडियो प्रयोगकर्ताको टाइमलाइनमा सुरक्षित हुनेछ ।


from SHYANE http://ift.tt/1jGNfYQ
via IFTTT
05 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top