Photo of Milford Sound in New Zealand

3चैत ÷ हिजो धनकुटाको गुठिटारमासोमबारसाँझ ट्याक्टर दुर्घटना हुँदातिनजना घाईते भएका छन ।कुखुराको चारो लिएर धरानबाट धनकुटा तर्फ आउँदै गरेको को १ ख ३०७२ नम्बरको ट्याक्टर कोशी राजमार्ग स्थित धनकुटा न.पा. १४ गुठिटारमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टर चालक धरान १३ सुनसरीका३५ बर्षिय धनश्यामथापा, सह–चालक धनकुटा न.पा. १६ का २४ बर्षिय सुनिलतामाङ र ट्याक्टर मालिक धनकुटा न.पा ३ का सुरेश खड्का घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारकालागि धरान स्थित बिपीकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।
प्रहरीकाअनुसार घाईते मध्येचालकथापाको अवस्थागंभिर छ ।रोकिराखेको ट्रकलाई उछिनेर जाँने क्रममा अगाडीबाट आएको माईक्रोसँग ठोकिनबाट जोगाउँनेक्रममाअनियन्त्रितभई ट्रयाक्टर पल्टिएको जिल्ला ट्राफिक प्रहरी प्रमुखप्रहरी नायवनिरिक्षक बासुदेव थापाले बताए । उनकाअनुसार ट्याक्टर सडकबाट करिव ५० मिटर तल खसेको छ । 
18 Mar 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top