क्याम्पसले दिने आधिकारीक प्रमाणपत्रमा एउटा छापमात्र छाप प्रयोगमा आउनुपर्ने भएपनि महेन्द्ररत्न क्याम्पस ताहाचलले भने चारवटा छाप प्रयोगमा ल्याउने गरेको छ । त्रिवीका अन्य आंगीक क्याम्पसले भने एउटै मात्र छाप प्रयोग गर्ने गरेका छन् । ताहाचलको छाप प्रयोग पछि क्याम्पसको आधिकारीक हो वा होइन भनेर फेरी अर्को प्रमाणीत पत्र लेख्नु पर्ने प्रावधान छ । ‘हाम्रो क्याम्पसको चारवटा छाप छन् ।’ सहायक क्याम्पस प्रमुख उत्तमलाल श्रेष्ठले रातोपाटीसंग भने ‘तपाईंलाई चाहियो भने पनि त्यहि विधिबाट बनाईदिउँला ।’
शंकरदेब क्याम्पसका विद्यार्थी एन्जल लामाले क्याम्पसको ठेगानाको अक्षर विग्रिएपछि लामो समय हैरानी पाए । उनी जपान अध्ययनको लागि प्रक्रियामा थिए । तर क्याम्पसले दिएको उनको प्रमाणपत्रमा क्याम्पसले गलत अंग्रेजी ठेगाना उल्लेख गरेपछि एञ्जल त्यसलाई सच्याउन चार पटकसम्म शंकरदेव धाए । ‘चार पटक सम्म क्याम्पस गएँ,’ उनले भने ‘तर क्याम्पस प्रमुखले यति कुरामा पनि किन आएको भनेर उल्टै गाली गलौज गर्नुभयो ।
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.